आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'लिपुलेक र कालापानी भारतकै हो' भन्ने सांसद चौधरीलाई नेकपा एसको स्पष्टीकरण

'लिपुलेक र कालापानी भारतकै हो' भन्ने सांसद चौधरीलाई नेकपा एसको स्पष्टीकरण

 |  बिहीबार, भदौ २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २७, २०८१
National life
Shivam cement

काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीका उपमहासचिव तथा संघीय सांसद मेटमणि चौधरीसँग स्पष्टीकरण सोधेको छ।

महासचिव घनश्याम भुसालले चौधरीलाई तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएका हु्न्। पार्टीका प्रमुख सचेतकसमेत रहेका चौधरीले एक टेलिभिजन अन्तर्वार्तामा नेपालको भौगोलिक अखण्डताबारे बोलेको थिए। ‘…. लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ। मलाई लाग्छ दाबी पुग्छ उसको, दाबी पुग्छ, भारतले लिन पाउँछ, …. (कालापानी र लिपुलेक) भारतको हो नि’ भन्नुभएको रहेछ,’ स्पष्टीकरण पत्रमा भनिएको छ।

चौधरीको अभिव्यक्ति मुलुकको अखण्डता र सार्वभौमिकताविरुद्ध भएकाले तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देन दिइएको छ।

प्रकाशित: Sep 12, 2024| 20:01 बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्