सोमबार, मंसिर २९, २०८२

टाटा पन्च ईभी काठमाडौं बाहिरबाट पनि बिक्री सुरु

 |  बिहीबार, भदौ २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २७, २०८१

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारीक बितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरेको छ।

National life

बिर्तामोडस्थित अलास्का अटोमोबाइल र बिराटनगर स्थित गोयल अटोमा बहुप्रतीक्षित गाडी टाटा पन्च ईभीको लन्च गरिएको छ। सोहि कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रालिका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै उद्योग बाणिज्य संघका सदस्यहरुको सहभागिता थियो।

पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकोले धेरै ग्राहकहरु पन्च इभीको प्रतीक्षा गरिरहेको र लन्च कार्यक्रममा ग्राहकहरुलाई गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरु उत्साहित भएको अलास्का अटोमोवाइलको प्रोपाइटर प्रकाश सिवाकोटीले बताए।

गत चैतमा भएको आइपीएलको समयबाटै गोयल अटो बिराटनगरमा पन्च इभीको सोधपुछ बढेको र अन्ततः गाडी बिराटनगरमा डेलिभरि गर्न पाउँदा गर्व महसुस भएको जानकारी स्नेह गोयलले गराए।

Laxmi sunrise bank
kumari

पूर्वको लन्च सकेर अब टाटा पन्च ईभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको छ।  

टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको हो। पन्च इभी ३३.९९ लाख रुपैयाँ भन्दा  दुइ  सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/ एप्पल कार प्लेको आनन्द लिन सक्नु सकिनेछ।

पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार रुपैयाँ पर्ने छ।

भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/ एप्पल कार प्लेको आनन्द लिन सक्नेछन्। पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९०मिमि रहेको छ भने यो  ५ स्टार सेफ्टी रेटिंग पाएको कार हो।

 

प्रकाशित: Sep 12, 2024| 14:26 बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्