बिहीबार, असोज २, २०८२

दशैंका लागि सुकिला नोट असोज १३ देखि साट्न पाइने

 |  बुधबार, भदौ २६, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

vianetvianet

काठमाडौं- चाडपर्वका लागि सर्वसाधारणले असोज १३ देखि सुकिला नोट साट्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै आगामी असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने जनाएको छ ।

Kumaribank

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिनेछ। साथै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट सटही गर्न सकिनेछ।

विगतका वर्षहरूमा दसैं, तिहार र छठका लागि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो । तर, यस वर्ष नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय गरेको थियो। अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको हो।

प्रकाशित: Sep 11, 2024| 19:45 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्