बिहीबार, असोज २, २०८२

प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

 |  बुधबार, भदौ २६, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

vianetvianet

एनआइसी एसिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ।

Kumaribank

बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण 'आयकर ऐन २०५८' बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप मा रहेको 'प्यान अपडेट' विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन्।

साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सक्नेछन्।

यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई इ टिडिएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ।

उक्त प्यान अद्यावधिक भएपछि निजहरूको करकट्टीको विवरण (इ टिडिएस) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ।

Metro Mart

जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ।

ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले इ टिडिएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंकले जानकारी दिएको छ।

प्रकाशित: Sep 11, 2024| 16:59 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्