बिहीबार, असोज २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • जिएआइ फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्सपो भदौ २८ गतेदेखि

जिएआइ फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्सपो भदौ २८ गतेदेखि

 |  बुधबार, भदौ २६, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

vianetvianet

'जिएआइ फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी २०२४' एक्सपो भदौ २८ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ।

Kumaribank

भृकुटीमण्डपमा सञ्चालन गरिने सो एक्सपोमा ५ हजार ब्रान्ड, ३ सय कम्पनी र २ हजार ५ सय वर्ग मिटरभन्दा बढीका २ सयवटा स्टल रहने बताइएको छ।

प्रदर्शनीमा आगन्तुकहरूले उत्पादन तथा सेवाहरूका साथै उत्पादक र आपूर्तिकर्ताहरूको विस्तृत अवलोकन/चयन गर्न सक्ने बताइएको छ।

जिएआइ फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी २०२४ ले ३० हजारभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ भने आगन्तुकहरूमध्ये करिब १५ हजार व्यावसायिक आगन्तुकहरू हुने अपेक्षा गरिएको छ।

जिएआइले होटल व्यवसायीहरू, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी–प्यालेस र क्यान्टिन, किराना–पसलका मालिकहरू, बेकरी तथा स्न्याक्स उत्पादकहरू, कृषि खाद्य प्रशोधक तथा उत्पादकहरू र तिनका प्रबन्धकहरू, क्याटरर र सेफहरू, बार टेन्डरहरू तथा बारिस्टाहरूलाई आकर्षित गर्ने आशा लिएको छ।

Metro Mart

कार्यक्रम मुख्यतयः बिजनेस टु बिजनेस मोडेलको भए पनि उपभोक्ताहरूले पनि ठूलो संख्यामा भ्रमण गर्ने अपेक्षा गरिएको छ। एक्सपोमा विगत वर्षझैँ यस वर्ष पनि मौलिक कार्यक्रमहरूलाई समावेश गरिने बताइएको छ।

यस वर्ष साना कम्पनी, व्यावसायिक व्यापार, स्वतन्त्र उद्यमी र स्टार्ट–अपको पहुँचमा एक्स्पोलाई पुर्‍याउन 'साना व्यवसाय मार्ट' पनि सुरुवात गरिने भएको छ। यी कम्पनीहरूले विशिष्ट र नवीन उत्पादन तथा सेवाहरू समावेश गरेर बजारमा धेरै प्रभाव पार्न सक्ने आयोजकको भनाइ छ।

 

प्रकाशित: Sep 11, 2024| 16:58 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्