बिहीबार, असोज २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ज्योति विकास बैंकका ग्राहकलाई 'शाइन इखाडोल फिटनेस'मा छुट

ज्योति विकास बैंकका ग्राहकलाई 'शाइन इखाडोल फिटनेस'मा छुट

 |  बुधबार, भदौ २६, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

vianetvianet

ज्योति विकास बैंकका ग्राहकलाई ठूलो ‘शाइन इखाडोल फिटनेस एन्ड रिक्रिएसन सेन्टर’का सेवाहरूमा छुट दिइने भएको छ।

Kumaribank

बैंक र शाइन इखाडोलबीच छुट सम्बन्धी सम्झौता भएको हो। सम्झौता अनुसार बैंकका ग्राहकले सेन्टरमा उपलब्ध खानामा १० प्रतिशत छुट पाउने छन्।

स्विमिङ पुलसहितको फिटनेस तथा रिक्रिएसन सेन्टरमा पौडी सम्बन्धी तालिमहरूको पनि व्यवस्था रहेको छ। बैंकले यसअघि ललितपुरस्थित 'मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर'सँग सम्झौता गरेर आफ्ना ग्राहकलाई २० प्रतिशत छुटको व्यवस्था गराएको थियो।

यस्तै काठमाडौंस्थित प्रख्यात ट्रिंक्विलिटी स्पामा पनि उक्त बैंकका ग्राहकलाई ३० प्रतिशतसम्मको छुट पाउने सम्झौता भइसकेको छ। यसबाहेक बैंकले 'जस्मिन फटनेस क्लब न्ड स्पा' लगायत कम्पनीहरूसँग पनि सम्झौता गरी ग्राहकलाई छुटको व्यवस्था गरेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

Metro Mart

 

प्रकाशित: Sep 11, 2024| 16:57 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्