आइतबार, जेठ १७, २०८३

ब्रिटिस कलेज र इ–वर्क्सबीच साझेदारी

 |  बुधबार, भदौ २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टिबिसी)ले ग्लोबल आइटी कम्पनी इ–वर्क्ससँग साझेदारीको घोषणा गरेको छ। ध्ययनरत र पूर्वविद्यार्थीहरूको ज्ञानको दायरलाई अभिवृद्धि उद्देश्यको साथ ब्रिटिस कलेजले साझेदारी गरेको हो।

National life

इ–वर्क्सले सफ्टवेयर डेभलपमेन्ट, डेटा–ड्रिभन डिजिटल मार्केटिङ र क्रिएटिभ डिजाइनका सेवाहरू प्रदान गर्दै आइरहेको छ। नवीन र उत्कृष्टता सेवा प्रदान गर्दै आइरहेको इ–वर्क्स विश्वभरका सेवाग्राहीहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्ने संस्था हो।

बेलायतको लण्डनमा स्थापना भएको इ–वर्क्सले नेपालमा पनि शाखा विस्तार गरेसँगै ब्रिटिस कलेजले विद्यार्थीहरूलाई ग्लोबल एक्सपोजर दिनको लागि साझेदारीको घोषणा गरेको हो।

साझेदारीसँगै कलेजका विद्यार्थीहरूले इ–वर्क्समा इन्टर्नशिप गर्ने मौका समेत पाउनेछन्। यस अवसरले शैक्षिक क्षेत्रको उत्पादन र उद्योगको आवश्यकताबीचको ग्यापलाई पुरा गर्न मद्दत पुर्‍याउने कलेजको विश्वास छ।

इ–वर्क्सको कुल कर्मचारीमध्ये २० प्रतिशत ब्रिटिस कलेजका ग्राजुएटहरू रहेका कलेजको दाबी छ।

Shivam cement

'यो साझेदारी हामीले गरेका प्रतिबद्धताहरु पूरा गर्न मात्र नभई विद्यार्थीहरूको भविष्य उज्वल बनाउनको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ,' कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेनले भने, 'हाम्रो शैक्षिक उत्कृष्टतालाई अझै बढावा दिन इ–वर्क्सजस्ता कम्पनीहरूसँग सहकार्य गरेर सूचना प्रविधिको क्षेत्र र अर्थतन्त्रका लागि फाइदा पुग्ने गतिविधिहरू हामीले सञ्चालन गरिरहेका छौं।'

इ–वर्क्सका सिइओ जोन पार्कले भने, 'ब्रिटिस कलेजका ग्राजुयटहरूसँग काम गरिहँदाको अनुभव राम्रो भइरहेको छ। यस औपचारिक साझेदारीले कलेजसँगको सम्बन्धलाई अझै गहिरो बनाउन र भविष्यका आइटी क्षेत्रका प्रतिभाहरूलाई अवसर प्रदान गर्ने बाटो खुलेको छ। हामी विश्वमा प्रचलित नवप्रवर्तन र नयाँ दृष्टिकोणबारे विद्यार्थीहरुले राख्ने धारणा बुझ्न उत्साहित छौं।'

ब्रिटिस कलेजले ७० भन्दा बढी अग्रणी फिनटेक कम्पनीहरूसँग पार्टनरशिप गरेको छ। जसबाट विद्यार्थीहरुले नेपाल तथा विदेशमा प्लेसमेन्टको अवसरहरू प्राप्त गरेका छन्। इ–वर्क्समा पनि विद्यार्थीहरूले इन्टर्नशिप सुरू गरिसकेका छन्।

 

प्रकाशित: Sep 11, 2024| 16:57 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्