बिहीबार, असोज २, २०८२

मनकामना केबलकार असोज १ बाट सञ्चालनमा आउने

 |  बुधबार, भदौ २६, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

vianetvianet

काठमाडौं- मनकामना केबलकार आगामी असोज १ गतेबाट सञ्चालनमा आउने भएको छ। २६ वर्षपछि आधुनिक प्रविधिमा केबलकार सञ्चालनमा आउन लागेको हो।

Kumaribank

गतअसार ३१ बाट सेवा बन्द गरेर ‘एनलग अप्रेटिङ सिस्टम’ बाट ‘डिजिटल डि–कनेक्ट सिस्टम’ मा रुपान्तरण गरिएसँगै पुनः सञ्चालनको तयारी गरिएको हो।

डोप्लेमेयर अस्ट्रियाबाट आएको इन्जिनियर तथा प्राविधिक टोलीको सुपरीवेक्षणमा केबलकारलाई आधुनिक प्रविधिमा स्तरोन्नति गरिएको मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले बताए। नयाँ–नयाँ प्रणालीको विकास भइरहेको र त्यहीअनुसार यसलाई पनि डिजिटल प्रणालीमा लगिएको उनले सुनाए।

'पहिला एसी करेन्ट आएर त्यसलाई बीसीमा कन्भर्ट गरी डीसी मोटरले गियर बक्स चलाउँथ्यो,' उनले भने, ‘अहिले सिधै एसी मोटरबाट चलाउन मिल्ने भएको छ। पूरै कन्ट्रोल सिस्टम एनलगबाट डिजिटल बनाइएको छ। मुख्य कन्ट्रोल प्यानल सबै परिवर्तन गरिएको छ।'

दुई वर्षअघि पहिलो चरणअन्तर्गत प्राविधिक टोलीले परीक्षण गरेर मेकानिकल ‘वेयर एन्ड टिएर’ भएका महत्त्वपूर्ण मेकानिकल पार्ट परिवर्तन गरिएको थियो। त्यो बेला १५ दिन केबलकार बन्द गरेर काम गरिएको थियो। सबैभन्दा महत्त्वपूर्ण पार्ट्स केबलकारमा गोन्डोला झुन्डिने ग्रीप हो रहेको त्यो दुई वर्षअघि नै परिवर्तन गरिएको उनले सुनाए।

Metro Mart

 

प्रकाशित: Sep 11, 2024| 16:50 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्