आइतबार, जेठ १७, २०८३

‘लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर’ सञ्चालनमा

 |  बुधबार, भदौ २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

काठमाडौं- लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

National life

कम्पनीका अनुसार लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुने मा अवस्थित छ। सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ। केईको शो रुम नक्शाल भाटभटेनीमा सञ्चालनमा आइसकेको छ।

हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको हो। सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्रि चेक जाँच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्रि बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्व स्तरीय उपकरण का माध्यमबाट परीक्षण र मर्मत हुनेछ।

सेन्टरमा सबै प्राविधिक हरु इभी सर्टीफाइड दक्षता हासिल गरेका कम्पनीको दावी छ। सर्भिस सेन्टरमा ईभी चार्जिङ पोइन्ट, यथेष्ट पार्किंग सुविधा र ६ वटा गाडी एकैसाथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बे हरु जडान गरिएको छ।

ग्राहकहरुको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै आफ्ना ग्राहकवर्गहरु को सहजता र सहुलियतको लागि सो स्टेसन सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

Shivam cement

 

प्रकाशित: Sep 11, 2024| 16:49 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्