बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी सनराइज बैंकले गर्‍यो वीरगन्जमा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले गर्‍यो वीरगन्जमा सेवा विस्तार

 |  बुधबार, भदौ २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

काठमाडौं- लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ।

National life

बैंकको वीरगंज महानगरपालिका वडा न. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ८ स्थित लिंक रोड (अघिल्लो शाखा स्थानबाट करिब १ के.मी. मिटर उत्तर-पूर्वतर्फ) मा स्थानान्तरण गरिएको छ।

स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन्। स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ। हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२० एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 11, 2024| 16:49 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्