आइतबार, जेठ १७, २०८३

चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ नेपाली बजारमा

 |  बुधबार, भदौ २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

काठमाडौं- सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङको लन्च गरेको छ। एक्सपेङले नेपाली बजारमा पहिलो पटक आफ्नो जी६ भेरियन्ट सार्वजनिक गरेको हो भने  जसको मूल्य रु ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

National life

चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङले नेपालमा पनि स्वचालित ड्राइभिङ र SEPA 2.0 प्रविधिहरू ल्याएको विज्ञप्तिमार्फत जनाएको छ।

एक्सपेङ जी६ मा 440nm टर्क, 190kW पावर र 435km रेन्ज जस्ता विशेषताहरू छन्। साथै यसको ब्याट्री क्षमता 66 kWh छ र यसमा एलुमिनियम डाइ-कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा 50-50 लोड अनुपात रहेको कम्पनीले जनाएको छ। थप सुविधाहरूमा संसारकै उत्कृष्ट एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) र ९-डायमेन्सन ब्याट्री सेफ्टी सामेल रहेको जनाइएको छ।

सो गाडीको बुकिङ र टेस्ट राइडका लागि थापाथली शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

 

Shivam cement

प्रकाशित: Sep 11, 2024| 16:48 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्