शनिबार, कात्तिक १७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'हिंसा शब्द असंसदीय होइन, रेकर्डबाट हटाउनु पर्दैन'

 |  बुधबार, भदौ २६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

काठमाडौं- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गत भदौ १२ गते नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ गरेका छन्।

triton college

‘भदौ १२ गते माननीय योगेश भट्टराईले प्रयोग गरेको हिंसालाई असंसदीय भनी हटाउन मागसहित भएको नियमापत्तिबारे छलफल भएको छ। प्रतिनिधि सभा नियमावलीको नियम २१ मा भएको व्यवस्था, भदौ १८ गतेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकको रायअनुसार उक्त शब्द संसद्‍को अभिलेखबाट हटाउनुनपर्ने निर्णय भएको छ’, आजको बैठकमा सभामुख घिमिरेले भने।

उनले विभिन्न समयमा प्रतीकात्मक शब्द प्रयोग गर्दा पनि नियापत्ति हुने गरेकाले त्यस्तो कार्य उचित नहुने पनि बताएका छन्।

योगेशले भदौ १२ को बैठकमा माओवादीप्रति आक्रमक हुँदै ‘हिंसा’का कारण मुलुकमा विद्युत उत्पादन नभएको बताएका थिए। भट्टराईले माओवादीले चलाएको ‘जनयुद्ध’लाई हिंसा भनेर संसद्‍मा टिप्पणी गरेपछि विवाद भएको थियो।

उक्त विवादलाई लिएर सभामुख घिमिरेले आवश्यक निरुपणका लागि छलफल थालेका थिए। उनले माओवादीले ठाउँ ठाउँमा जलविद्युत व्यवसायीमाथि चन्दा आतंक र लुटपाट हुँदा २०६३ मै लोडसेडिङ मुक्त हुने देशले २०७५ सालसम्म कुर्नुपरेको बताएका थिए।

Metro Mart
vianet

त्यसपछि माओवादी केन्द्रका सांसदहरू माधव सापकोटा र देवेन्द्र पौडेलसहितले नियमापत्ति जनाएका थिए।

प्रकाशित: Sep 11, 2024| 14:21 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्