आइतबार, जेठ १७, २०८३

गण्डकी प्रदेशसभा बैठक बस्दै

 |  बुधबार, भदौ २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१
National life
Shivam cement

गण्डकी- गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्दै छ। चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट पारित गरेपछि स्थगन भएको प्रदेशसभा बैठक दुई महिनापछि बस्न लागेको हो। 

प्रदेश सरकारको सिफारिसमा प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवदीले जानकारी दिए। प्रदेशसभामा अहिले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र नीजि फर्मसम्बन्धी विधेयक छलफलका क्रममा रहेको उनको भनाइ छ। 

प्रदेश सरकारले साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक पनि केही दिन अघि प्रदेशसभा सचिवालयलमा दर्ता गराएको थियो।

प्रकाशित: Sep 11, 2024| 12:30 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्