NadaNada
मंगलबार, भदौ ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एलजीका उत्पादनमा ४० प्रतिशतसम्मको क्यासब्याक र पक्का उपहार

एलजीका उत्पादनमा ४० प्रतिशतसम्मको क्यासब्याक र पक्का उपहार

 |  सोमबार, भदौ २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

vianetvianet

एलजी ब्रान्डले दसैँतिहारलाई लक्षित गर्दै ‘एलजीसँग खुसीको पल’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत एलजीका घरायसी सामानहरू खरिद गर्दा नगद छुट र पक्का उपहार पाइने आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले जनाएको छ।

एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरूले ४० प्रतिशतसम्मको क्यासब्याक पाउनेछन्।

साथै, एलजी साइड बाई साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफआर हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटरभन्दा माथि)को खरिदमा मिक्सर वा फ्यान हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर  (२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क, एलजी टप लोड तथा टुइन टब वासिङ मेसिनको खरिदमा ४ केजी डिटरजेन्ट पाउडर, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने किट प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डिङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरूले फ्री इन्स्टलेसन सेवा पाउने कम्पनीले जनाएको छ।

यसका साथै शून्य ब्याजदरमा इएमआई, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामान साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाइड इन्स्टलेसन र फ्री डेलिभरी पनि रहेको छ।

Metro Mart

यो योजना २३ भाद्रदेखि नेपाल अधिराज्यभरि सीमित अवधिको लागि लागू गरिएको नेपालका लागि एलजी ब्रान्डको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले जनाएको छ।
 

प्रकाशित: Sep 09, 2024| 18:21 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्