आइतबार, जेठ १७, २०८३

छोरीको हत्या आरोपमा आमा पक्राउ

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

आफ्नै २३ महिनाकी छोरी पृन्सीका भण्डारीको हत्या गरी खोलामा फालेको आरोपमा प्रहरीले ललितपुर कोन्जोसोम गाउँपालिका–३ दहचोक बस्ने २१ वर्षीया प्रमिला भण्डारीलाई पक्राउ गरेको छ।

National life

गत साउन २७ गत साँझ ५ बजे प्रमिलाले छोरी पृन्सीकालाई कुटपिट गर्दा मृत्यु भएपछि खोलामा फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

शुरूमा छोरी हराएको निवेदन लिएर प्रहरीमा पुगेकी प्रमिलामाथि प्रहरीले थप केरकार गर्दा उनले छोरीलाई कुटपिट गर्दा मृत्यु भएपछि खोलामा फालेको बयान दिएकी थिइन्।

पृन्सीकाको शव साउन २८ गते ठोस्ने खोलामा रुखको हाँगामा अड्किएको अवस्थामा फेला परेको थियो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार प्रमिलाको स्वीकारोक्ति उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। प्रहरी वृत्त चापागाउँले थप अनुसन्धान गरिरहेको छ। जिल्ला अदालत ललितपुरले प्रमिलालाई थुनामा राखेर अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको छ।

Shivam cement

प्रकाशित: Sep 09, 2024| 18:19 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्