आइतबार, जेठ १७, २०८३

टिभिएस नेपालले ल्यायो 'नयाँ युगको आरम्भ' अफर

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

काठमाडौं- नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “नयाँ युगको आरम्भ” नामको विशेष योजना सार्वजनिक गरेको छ।

National life

यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा  १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। योजना देशभर सीमित समयावधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

’नयाँ युगको आरम्भ’’ योजना अन्तर्गत नकिन्दै पाँच लाख रुपैयाँसम्म जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ।  हरेक सप्ताह  १०० प्रतिशत क्याश ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजि फाइनान्स उपलब्ध गराउने बताएको छ। साथै, टिभिएसका ग्राहकहरूलाई एओजी र एनओजी समुदायमार्फत सदस्यताको नयाँ अनुभव प्रदान गरिनेछ। थप रूपमा, टिभिएसले  ’’मेरो साथी’’ एप मार्फत बुकिङ सेवाहरू, स्पेयर पार्ट्स अर्डर गर्नेदेखि लिएर टिभिएससँग जोडिन र विशेष अफरहरू बारे सूचना प्रदान गर्ने सम्पूर्ण  सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ।

 

Shivam cement

प्रकाशित: Sep 09, 2024| 17:00 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्