सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई त्रिशूली बिच रिसोर्टमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई त्रिशूली बिच रिसोर्टमा विशेष छुट

 |  सोमबार, भदौ २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

vianetvianet

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन धादिङको गल्छीमा रहेको ‘त्रिशूली बिच रिर्सोट’सँग विभिन्न सेवासुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले यस रिर्सोटमा बसाई तथा खानामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बताइएको छ। छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले बैंकको मान्य डेबिट कार्ड÷प्रिभलेज कार्ड पेश गर्नुपर्ने वा बैंकको मोबाइल/ईन्टरनेट बैंकिङ्गद्धारा भुक्तानी गर्नुपर्नेछ।

साथै, बैंकले ‘नेपालमै टिक्न सजिलो छ’ भन्ने नाराका साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको जनाएको छ। बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचतको लागिः ९८०१११००२२, कर्जाको लागिः ९८०१११००२३) जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था छ।

 

प्रकाशित: Sep 09, 2024| 16:59 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्