मंगलबार, वैशाख ३०, २०८२

तनहुँका स्थानीय तहको प्राथमिकतामा सडक

 |  सोमबार, भदौ २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

vianetvianet

तनहुँ- जिल्लाका स्थानीय तहले सडक निर्माणलाई प्राथमिकता दिएका छन्। सडक कालोपत्र, ‘ग्राभेल’, कच्ची सडक निर्माण र ‘ट्र्याक’ खोल्ने कार्यलाई स्थानीय तहले प्राथमिकता दिएका हुन्। 

triton college

जिल्लाका स्थानीय तहले एक वर्षमा ७२.४१ किलोमिटर सडकको नयाँ ट्र्याक विस्तार गरिएको जनाएका छन्।

व्यास नगरपालिकाले गत आवमा तीन दशमलव १९ किमी सडक कालोपत्र गरेको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए। उनका अनुसार हालसम्म नगरपालिकाले कुल एक सय एक किमी सडक कालोपत्र गरेको छ।

गत आवमा नौ दशमलव ८६ किमी सडक ग्राभेल र १२.८४ किमी नयाँ ट्र्याक खोलिएको छ। गैरेका अनुसार हालसम्म एक सय ८४ किमी सडक ग्राभेल र पाँच सय ११ किमी नयाँ ट्र्याक खोलिएको छ। गैरेले भने, 'पूर्वाधार विकासलाई नगरपालिकाले प्राथमिकताका साथ अगाडि बढाएको छ। जनताको माग र आवश्यकतालाई दृष्टिगत गरी विकास अभियान अगाडि बढेको हो।'

नगरपालिकाले गत आवमा एउटा पार्क, नौ दशमलव ९३ किमी ढल निर्माण गरेको छ। एक सय २९ परिवारमा खानेपानी सुविधा विस्तार भएको छ। योसँगै हालसम्म १९ हजार तीन सय ३६ परिवारमा खानेपानी सुविधा पुगेको गैरेले जानकारी दिए। 'शून्य दशमलव ५५ किमी नदी नियन्त्रण, १४ हेक्टरमा सिँचाइ, एक स्वास्थ्य चौकी र आठ सामुदायिक भवन निर्माण भएका छन्', उनले भने।

National life insurance

विश्व बैंकको लगानी एवं सहरी विकास मन्त्रालयको सहयोगमा पराशर मार्ग विस्तार निर्माण भइरहेको गैरेले बताए। उनका अनुसार नगर विकास कोषको ऋण सहयोगमा व्यास-१० बैरेनीमा दुई सय ७१ रोपनी जग्गामा विकास आयोजनाले गति लिएको छ। भानु नगरपालिकाले गत आवमा छ सय ६० मिटर सडक कालोपत्र, १०.५ किमी ग्राभेल र एक दशमलव आठ किमी सडकको नयाँ ट्र्याक खोलेको छ। प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलका अनुसार हालसम्म नगरको बजेटबाट २०.६६ किमी कालोपत्र, १४६.५ किमी ग्राभेल र ३१.८ किमी नयाँ ट्र्याक खोलिएको छ।

सोही वर्ष एक सय १० परिवारमा खानेपानी सुविधा विस्तार, एक हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा, दुई विद्यालय भवन, तीन स्वास्थ्य चौकी र १० वटा सामुदायिक भवन बनेका पौडेलले जानकारी दिए।

भिमाद नगरपालिकाले दुई दशमलव तीन किमी सडक कालोपत्र, दुई दशमलव ११ किमी ग्राभेल र १३.७३ किमी बाटो विस्तार गरेको छ। नगरपालिकाका अधिकृत टेकावती ढकालका अनुसार दुई सय ९७ खानेपानी आयोजना, एक सय ८९ मिटर कुलो, एउटा पोखरी, एउटा स्वास्थ्य चौकी र १० वटा यात्रु प्रतीक्षालय निर्माण गरिएको छ।

शुक्लागण्डकी नगरपालिकाले १०.८९ किमी सडक कालोपत्र, ८.९१ किमी ग्राभेल र १३.९४ किमी नयाँ ट्र्याक खोलेको छ। नगरभित्र हालसम्म ५५.२५ किमी कालोपत्र, ९५.४८ किमी ग्राभेल र ४८.७७ किमी नयाँ ट्र्याक खुलेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए। उनका अनुसार २२ पक्की पुल, पाँच झोलुंगे पुल, चार पार्क निर्माण तथा दुई सय ६९ परिवारमा खानेपानी विस्तार भएको छ।

म्याग्दे गाउँपालिकाले गत आवमा तीन दशमलव नौ किमी सडकको नयाँ ट्र्याक, चार दशमलव एक किमी ग्राभेल र एक सय ३८ मिटर कालोपत्र भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार सो अवधिमा छ मोटरवेल पुल र एक झोलुंगे पुल, ‘एक घरः एक धारा’अन्तर्गत चार सय ३० परिवारममा खानेपानी पुगेको छ। गाउँपालिकाले पोखरी र ल्यान्डफिल्ड साइट एक/एक र दुईवटा वातावरणमैत्री पार्क निर्माण गरेको छ।

आँबुखैरेनी गाउँपालिकाले गत आवमा तीन दशमलव दुई किमी सडक ट्र्याक खोल्ने, एक दशमलव आठ किमी ढलान, एक किमी नदी नियन्त्रण, ४० हेक्टर सिँचाइ सुविधा विस्तार गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।

सोही अवधिमा दुई विद्यालय भवन, तीन पोखरी, एक झोलुंगे पुल, तीन पार्क, तीनसय ३४ परिवारमा खानेपानी विस्तार भएको छ। देवघाट गाउँपालिकामा एक वर्षमा एक दशमलव एक किमी कालोपत्र, दुई किमी ग्राभेल र १० किमी नयाँ ट्र्याक खोलिएको, दुई मोटरेवल र तीन झोलुंगे पुल, दुईसय २० घरमा खानेपानी सुविधा पुगेको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले बताए।

ऋषिङ गाउँपालिकामा सात किमी सडक कालोपत्र, दुई किमी ग्राभेल र पाँच किमी नयाँ ट्र्याक, तीन झोलुंगे पुल र एउटा पार्क निर्माण, एक सय ८० परिवारमा खानेपानी विस्तार भएको प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिए।

घिरिङ गाउँपालिकामा ०.३४ किमी सडक कालोपत्र, आठ किमी नयाँ ट्र्याक खुल्नाका साथै चारसय परिवारमा खानेपानी सुविधा विस्तार भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले उल्लेख गरे। रासस

प्रकाशित: Sep 09, 2024| 19:01 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्