बुधबार, असार १८, २०८२

भाटभटेनीको २८औं स्टोर पोखराको तालचोकमा बन्दै

 |  सोमबार, भदौ २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

vianetvianet

भाटभटेनी सुपरमार्केट्सले २८औँ स्टोर पोखराको तालचोकमा खोल्ने भएको छ।

स्टोर निर्माणका लागि सोमबार बिहान भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र सावित्री गुरुङले भूमि पुजन गरी काम थालेका छन्। भाटभटेनीका २७ वटा स्टोर यसअघि निर्माण सम्पन्न भइसकेर सञ्चालनमा आएका छन्।

पोखरा महानगरपालिकामा यसअघि पनि भाटभटेनीले स्टोर सञ्चालनमा ल्याइसकेको छ। विभिन्न क्षेत्रबाट पोखरामा बसाइँसराइको दर बढ्दो अवस्थामा रहेको र भाटभटेनीको अर्को स्टोर आवश्यकता देखेर तालचोकमा निर्माण गर्न लागिएको गुरुङले बताएका छन्।

२५ हजार ६ सय स्क्वायर फिटसहित दुई वटा सिनेमा हल पनि उक्त भवनमा रहने भएको छ। करिब एक अर्ब लागतमा स्टोर सञ्चालनमा आउनेछ। 

प्रकाशित: Sep 09, 2024| 09:45 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्