आइतबार, जेठ १७, २०८३

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

काठमाडौं- सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ।

National life

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो।

कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवद्वदय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्।

कार्यदलले अरु सत्तारुढ दलहरुसँग पनि छलफल गरेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नेछ।

गत १७ असारमा भएको सहमतिअनुसार ३० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भए पनि न्यूनतम साझा कार्यक्रम बनाइएको छैन।

Shivam cement

प्रकाशित: Sep 09, 2024| 07:56 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्