आइतबार, जेठ १७, २०८३

दोलखामा १० दिनअघि हराएका दुईमध्ये एक बालकको शव फेला

 |  आइतबार, भदौ २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २३, २०८१

दोलखाको भीमेश्वर-१ बुद्ध प्राथमिक विद्यालयबाट गत भदौ १२ गते हराएका दुईमध्ये एक बालकको हात्ती छहरा नजिकको घना जंगलमा शव फेला परेको छ। अर्का एक अझै फेला परेका छैनन्।

National life

अभिभावकबिहीन उनीहरू भीमेश्वर–१ सुस्पाको अधिकारका लागि बाल संरक्षण केन्द्रमा आश्रित थिए।

१३ वर्षका सर्लाहीका विशाल थापामगर र ११ वर्षका सुशील रानामगर दिउँसोको खाजा खाएपछि विद्यालयबाटै सम्पर्कबिहीन भएका थिए। १० दिनपछि शनिवार साँझ विशालको शव जंगलमा सडेको अवस्थामा फेला परेको हो

गत वर्ष पनि साउन २३ गते सोही केन्द्रमा आश्रित रही उक्त विद्यालमा विद्यालयमा अध्ययनरत ११ बर्षका रामेछापका धनबहादुर नेपाली र ९ बर्षका सोलुखुम्बुका अनिल सुन्दास हराएका थिए। उनीहरू पनि अहिलेसम्म फेला परेका छैनन्। उनीहरु किन विद्यालय छाडेर सम्पर्कबिहीन बने अझै खुल्न सकेको छैन्।

केन्द्रमा अभिभावक नभएका र सडकबाट उद्धार गरिएका बालबालिका राख्ने गरिएको छ। भूकम्पपछि उक्त केन्द्र खुलेको हो। केन्द्रमा हाल ३१ जना यस्ता ८ वर्षदेखि १८ वर्षसम्मका बालक र किशोरहरू छन्।

Shivam cement

विशालको घटनापछि केन्द्रमा बसेका बालकहरू किन भागिरहेका छन् भन्ने अनुसन्धान सुरु भएको छ।

प्रकाशित: Sep 08, 2024| 17:49 आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्