NadaNada
बुधबार, भदौ ४, २०८२

दोलखामा १० दिनअघि हराएका दुईमध्ये एक बालकको शव फेला

 |  आइतबार, भदौ २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २३, २०८१

vianetvianet

दोलखाको भीमेश्वर-१ बुद्ध प्राथमिक विद्यालयबाट गत भदौ १२ गते हराएका दुईमध्ये एक बालकको हात्ती छहरा नजिकको घना जंगलमा शव फेला परेको छ। अर्का एक अझै फेला परेका छैनन्।

अभिभावकबिहीन उनीहरू भीमेश्वर–१ सुस्पाको अधिकारका लागि बाल संरक्षण केन्द्रमा आश्रित थिए।

१३ वर्षका सर्लाहीका विशाल थापामगर र ११ वर्षका सुशील रानामगर दिउँसोको खाजा खाएपछि विद्यालयबाटै सम्पर्कबिहीन भएका थिए। १० दिनपछि शनिवार साँझ विशालको शव जंगलमा सडेको अवस्थामा फेला परेको हो

गत वर्ष पनि साउन २३ गते सोही केन्द्रमा आश्रित रही उक्त विद्यालमा विद्यालयमा अध्ययनरत ११ बर्षका रामेछापका धनबहादुर नेपाली र ९ बर्षका सोलुखुम्बुका अनिल सुन्दास हराएका थिए। उनीहरू पनि अहिलेसम्म फेला परेका छैनन्। उनीहरु किन विद्यालय छाडेर सम्पर्कबिहीन बने अझै खुल्न सकेको छैन्।

केन्द्रमा अभिभावक नभएका र सडकबाट उद्धार गरिएका बालबालिका राख्ने गरिएको छ। भूकम्पपछि उक्त केन्द्र खुलेको हो। केन्द्रमा हाल ३१ जना यस्ता ८ वर्षदेखि १८ वर्षसम्मका बालक र किशोरहरू छन्।

Metro Mart

विशालको घटनापछि केन्द्रमा बसेका बालकहरू किन भागिरहेका छन् भन्ने अनुसन्धान सुरु भएको छ।

प्रकाशित: Sep 08, 2024| 17:49 आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...