शुक्रबार, चैत २०, २०८२

ललितपुरमा मध्यदिनमै सडकमा आइफोनदेखि सिक्रीसम्म लुटियो

 |  आइतबार, भदौ २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २३, २०८१

ललितपुर उपमहानगरपालिकाभित्रै गत साउन २९ गते मध्य दिनमै लुटपाटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

National life

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर उपमहानगरपालिका-१४ स्थित सातदोबाटो कृषि अनुसन्धान केन्द्रनजिकको सडकमा साउन २९ गते एक व्यक्तिबाट लुटपाटमा संलग्न चारजनालाई शुक्रबार पक्राउ गरेको हो।

यो समूहले साउन २९ गते दिउँसो साढे १२ बजे एक व्यक्तिबाट आईफोन १५ दुई थान, सामसुङ कम्पनीको मोबाइल सेट थान-२, एप्पल कम्पनीको ल्यापटप एक थान, गेम बक्स १ थान र २ तोला दरको सुनको सिक्री दुईवटा लुटपाट गरेका थिए।

उक्त लुटपाटमा संलग्न भएका प्रकाश भन्ने विकास श्रेष्ठसमेतलाई डाँका चोरीमा प्रयोग भएको मोटरसाइकलसहित काठमाडौंको विभिन्न स्थानहरुबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ। उनीहरू सबैलाई थप कारबाहीका लागि प्रहरी बृत्त सातदोबाटो पठाइएको छ।

उनका अनुसार पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ कपन बस्ने शैलेन्द्र श्रेष्ठको छोरा ३३ वर्षीय प्रकाश भन्ने विकास श्रेष्ठ छन्। त्यसैगरी रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ बस्ने झपडबहादुर भुजेलका छोरा २८ वर्षीय गुन्दाश भन्ने मनोज भुजेल पनि पक्राउ परेका छन्।

kumari

उक्त घटनामा संलग्न बाजुराको त्रिवेणी नगरपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिकाको बालाजु बस्ने ३२ वर्षीय डम्मलाल पाध्याय पनि पक्राउ परेका छन्। उक्त घटनामा संलग्न अर्का एकजना भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले लुटपाटमा प्रयोग भएको बा ६९ प २८४७ नम्बरको २२० सीसीको कालोरातो रंगको पल्सर मोटरसाइकल  र बा ७५ प ६३१९ नम्बरको २०० सीसीको एनएस पल्सर मोटरसाइकल पनि बरामद गरेको छ।

 

प्रकाशित: Sep 08, 2024| 17:46 आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्