NadaNada
बुधबार, भदौ ४, २०८२

सुन्दरीजलमा महिलाको शव फेला, दुईजना पक्राउ

 |  आइतबार, भदौ २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २३, २०८१

vianetvianet

काठमाडौंको सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरा र काठमाडौंको वसुन्धरामा बस्दै आएका सर्लाहीकै बसबरीया गाउँपालिका–५ का २४ वर्षीय सन्तोष राम महरा छन्।

वसुन्धरामा बस्दै आएकी सिरहाकी राम दुलारीको हत्यामा संलग्न रहेको आरोपमा शनिबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा ढुंगाको चेपभित्र गएको बिहीबार ती महिलाको शव फेला परेको थियो। आरोपितलाई वसुन्धराबाट पक्राउ गरिएको हो। उनीहरूले ढुंगा प्रहार गरी ती महिलाको गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

 

Metro Mart

प्रकाशित: Sep 08, 2024| 17:44 आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...