आइतबार, जेठ १७, २०८३

सुन्दरीजलमा महिलाको शव फेला, दुईजना पक्राउ

 |  आइतबार, भदौ २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २३, २०८१

काठमाडौंको सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

National life

पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरा र काठमाडौंको वसुन्धरामा बस्दै आएका सर्लाहीकै बसबरीया गाउँपालिका–५ का २४ वर्षीय सन्तोष राम महरा छन्।

वसुन्धरामा बस्दै आएकी सिरहाकी राम दुलारीको हत्यामा संलग्न रहेको आरोपमा शनिबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा ढुंगाको चेपभित्र गएको बिहीबार ती महिलाको शव फेला परेको थियो। आरोपितलाई वसुन्धराबाट पक्राउ गरिएको हो। उनीहरूले ढुंगा प्रहार गरी ती महिलाको गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

 

Shivam cement

प्रकाशित: Sep 08, 2024| 17:44 आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्