NadaNada
मंगलबार, भदौ ३, २०८२

नेपालमा बोटको व्यापार चार गुणाले बढ्यो

 |  आइतबार, भदौ २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २३, २०८१

vianetvianet

काठमाडौं- भारतको नम्बर १ अडियो र वेयरेवल ब्राण्ड बोटले २०७९ फाल्गुनमा नेपाली बजारमा सार्वजनिक भएसँगै निरन्तर सफलता हासिल गर्दै आएको छ। अहिले नेपाली बजारमा बोटको व्यापार तुलनात्मक रुपमा ४ गुणाले बढेको देखिन्छ साथै आय दोब्बर भएको छ।

नेपाली बजारको लागि नेपालमा टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको बोटले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरुको बजारीकरण गर्दै आफ्नो क्षेत्रीय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको छ।

नेपालमा सार्वजनिक भएसँगै बोट अडियो र वेयरवल्समा प्रमुख ब्राण्डको रुपमा स्थापित गर्न सफल भएको थियो साथै पछिल्लो दुई आर्थिक वर्षमा निरन्तर रुपमा ब्राण्ड भ्यालुको आधारमा पहिलो र भोल्युमको आधारमा दास्रो स्थान ओगट्न सफल रहेको छ।

बोटले आफ्नो उत्पादनहरुको बढ्दो मागलाई ध्यानमा राखी नेपाली उपभोक्ताहरु माझ नयाँ प्रविधि र उच्च गुणस्तरयुक्त उत्पादनहरु प्रदान गर्ने प्रतिबद्धताका साथ टिडब्लु मोडेलहरू, निर्भाना आईओएन, एयरपड सुप्रिम/एयरपड ९१ का साथ वेबकल २ स्मार्टवाच र र पावरबैंकहरु पनि उपलब्ध गराउँदै छ।

बोटका उत्पादनहरू अब नेपालभर १ हजारभन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध छ र ब्राण्डको स्थापनादेखि नै दराजमा एक प्रमुख बिक्रीकर्ताको रूपमा प्रस्तुत भइरहेको छ। दराजमा उपलब्ध बोटका ८० प्रतिशतभन्दा एसकेयूहरुले ४ स्टारभन्दा माथिको रेटिङ प्राप्त गरेका छन्, जसले उपभोक्ता सन्तुष्टि र विश्वासलाई देखाउँछ।

Metro Mart

बोटले नेपालभर १० भन्दा बढी टचप्वाइन्टहरुबाट ग्राहकलाई वारेन्टी लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ। यसै कारणले बोट नेपाली बजार तथा ग्राहक सेवामा समर्पित रहेको प्रमाण पनि गर्छ र बोटलाई अन्य ब्राण्डहरू भन्दा भिन्न दर्शाउँछ।

नेपालमा आफ्नो निरन्तर सफलतालाई प्रवर्द्धन गर्न, बोटले यही भदौ २० देखि भदौ २६ (सेप्टेम्बर ५ देखि ११) सम्म दराजमा “boAtheadDAYS” नामक ब्राण्ड वीक सेल आयोजना गरिरहेको छ। यस अवधिमा, ग्राहकहरूले चयन गरेका उत्पादनहरूमा ७० प्रतिशतसम्मको छुटका साथै दयब्त का प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरू किफायती मूल्यमा लिन सक्नेछन्।

 

प्रकाशित: Sep 08, 2024| 16:33 आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्