सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा

 |  आइतबार, भदौ २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २३, २०८१

काठमाडौं- एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखी अर्को नयाँ सुविधा थपेको छ।

triton college

ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन्। यो सुविधाले अब एक महत्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ।

सधैं अन प्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभवलाई अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरुपम एनसेलले पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा आफ्नो एपमा थपेको हो। प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एप मार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ।

साउन २९ गतेबाट लागु हुने गरि एनसेलले नेपाल प्रहरीको वेबसाइटलाई आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्ने गरि निःशुल्क बनाएको थियो। यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायतका सेवाहरु लिनका लागि यो वेबसाइट चलाउदा इन्टरनेटको पैसा नलाग्ने भएको छ।

‘एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवाहरू डिजिटल रूपमा हाम्रो ग्राहकमैत्री एनसेल एप मार्फत उपलब्ध गराउन पाउँदा खुसी छौं। यदि हामीले डिजिटल समाज र देशको परिकल्पना गर्छौं भने यस्ता पहलहरू आधारभूत आवश्यकताहरू हुन्’ एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने। ‘सधैं अनको महत्वलाई थप बढाउँदै, एनसेलले डिजिटल रूपमा सेवाहरू प्रदान गर्न र सरकारको डिजिटल नेपाल अवधारणालाई सघाउन समान विचारधाराका भएका बैंकहरू जस्ता साझेदारहरुसँग सहकार्य गरेर एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको छ।’

Metro Mart
vianet

एनसेलको यो एपले स्व–सेवाको अवधारणालाई पुनः परिभाषित गरेको छ र डिजिटल रूपान्तरणका लागि नभई नहुने एक सेल्फ केयर एपको रुपमा स्थापित गरेको छ। यो एपलाई स्थानिय श्रम बजारमा उपलब्ध सूचना प्रविधि क्षेत्रका प्राविधिकहरुको प्रयोग गरेर अद्यावधिक गरिएको छ र यसले ग्राहकहरूलाई विभिन्न सेवा, सुविधाका बारेमा जानकारी प्रदान गर्ने एनसेलले जनाएको छ।

यो एप लामो वा छोटो समयका लागि देश बाहिर रोमिङमा रहेका नेपालीहरुका लागि पनि एकदमै महत्व राख्दछ। रोमिङका बेलामा ग्राहकहरुले सजिलै रिचार्ज गर्न, प्याकहरु किन्न र आफू देश बाहिर भए पनि सहजै सम्पर्कमा रहन सक्छन्। ग्राहकहरुले सजिलैसँग गुगल प्ले स्टोर वा एप स्टोरमा गई एनसेल एपलाई अपडेट वा डाउनलोड गर्न सक्छन्।

 

प्रकाशित: Sep 08, 2024| 16:30 आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्