आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोलाका एक हजार बढी घर बिजुलीविहीन

पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोलाका एक हजार बढी घर बिजुलीविहीन

 |  आइतबार, भदौ २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २३, २०८१

बागलुङ- पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका १ हजार ३ सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ।

National life

निसीखोला गाउँपालिका-४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो।

आयोजनाबाट उत्पादन बन्द भएसँगै सो बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायत ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिए। निरन्तर वर्षासँगै खसेको पहिरोले आयोजनाको नहरमा ठूलो क्षति गरेको उनले बताए।

पहिरोले बगाएको नहर निर्माणका लागि कम्तीमा २० दिन लाग्ने र सञ्चालनमा आउन एक महिना लाग्ने प्रबन्धक पौडेलले बताए।

वर्षा निरन्तर भएको हुँदा काम सुरु गर्न नसकिएको उनले बताए। विद्युत् आयोजनाको मुहान नजिकै पहिरो खसेको हुँदा काम गर्न कठिन हुने उनले जानकारी दिए।

Shivam cement

प्रकाशित: Sep 08, 2024| 21:01 आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्