NadaNada
बुधबार, भदौ ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भुक्तानी विवाद टुंगिएसँगै तनहुँ जलविद्युतको काम ५१ दिनपछि पुनः सुरु

भुक्तानी विवाद टुंगिएसँगै तनहुँ जलविद्युतको काम ५१ दिनपछि पुनः सुरु

 |  आइतबार, भदौ २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २३, २०८१

vianetvianet

तनहुँ- भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ। 

संयुक्त लगानीको निर्माण कम्पनी सोङ्दा कालिकाले गरेको कामको भुक्तानी युरोपियन बैंकमार्फत् प्राप्त हुने प्रतिबद्धता सम्बन्धित निकायले व्यक्त गरेपछि आयोजनाको काम पुनः प्रारम्भ भएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। यो प्याकेजमा हालसम्म ३५ प्रतिशत मात्र प्रगति भएको छ। 

गत असार २२ गते सेतीको बाढीबाट प्याकेज वानको निर्माणस्थलमा क्षति भएको छ। बाढीले ‘क्रसर र कुलिङ प्लाण्ट’मा क्षति हुनका साथै निर्माणस्थलमा राखिएको ढुङ्गागिटीलगायत निर्माण सामग्री बगाएको थियो।

यो प्याकेजअन्तर्गत आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि सेती नदीको धार पथान्तरण गर्न दुई वटा ‘डाइभर्सन सुरुङ’ निर्माण सम्पन्न भएका छन्। 

आयोजनाको एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि पहाड खन्न बाँकी छ भने सेती नदीका दुवै किनारमा ‘ग्याली सुरुङ’ निर्माणाधीन छन्।

Metro Mart

प्रकाशित: Sep 08, 2024| 19:01 आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...