आइतबार, जेठ १७, २०८३

पहिरोमा पुरिएर वडा सदस्य दम्पतिको मृत्यु

 |  आइतबार, भदौ २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २३, २०८१
National life
Shivam cement

जाजरकोटमा पहिरो जाँदा घरसँगै पुरिएर एक दम्पतिको मृत्यु भएको छ।

आइतबार बिहान २:५० बजे जाजरकोटको बारेकोट गाउँपालिका-६ तल्लो धुममा मानबहादुर चलाउनेको घर पहिरोले पुरिएको थियो। प्रहरी टोली र स्थानीयले चलाउने र उनकी श्रीमती ३८ वर्षीया प्रेमकुमारी चलाउनेलाई मृत अवस्थामा पहिरोबाट निकालेका हु्न्।

प्रेमकुमारी वडासदस्य समेत हुन्। शनिबार बेलुकादेखिको वर्षाका कारण आएको पहिरोले चार जना सुतिरहेको घर पुरेको थियो। पहिरोले घर पुर्न थालेपछि मानबहादुरका दाइकी छोरी १६ वर्षीया विमला चलाउने भने सकुशल घरबाट निस्कन सफल भएकी थिइन्।
 

प्रकाशित: Sep 08, 2024| 11:17 आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्