सोमबार, मंसिर २९, २०८२

राजविराजको मुख्य सडकमै खाल्डाखुल्डी, दुर्घटनाको जोखिम

 |  शनिबार, भदौ २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २२, २०८१

सप्तरी- राजविराजस्थित रुपनी मोड नजिक रहेको सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ।

National life

मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा परेका छन् तर मर्मत नहुँदा सास्ती भइरहेको स्थानीय र सवारी चालकले गुनसो गरेका छन्। 

माइक्रोबस चालक सत्यदेव यादवले हुलाकी राजमार्गसमेत पर्ने उक्त सडकमा माटो र ग्राभेल हाल्दा वर्षाले हिलो हुने र फेरि खाल्डो पर्ने गरेकाले झनै समस्या हुने गरेको बताए।

रुपनी मोडदेखि हनुमान मन्दिरसम्म वर्षायाममा मात्र नभइ अन्य समयमा पनि जीर्ण सडकका कारण दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ।  'उक्त ठाउँमा करिब एक सय मिटर सडक जीर्ण छ तर  मर्मतका लागि नगरपालिका र सडक विभागले चासो दिएको छैन', यादवले भने।

यही बाटो भएर राजविराज काठमाडौंलगायत स्थानमा लामो तथा छोटो दूरीका बस सञ्चालन हुन्छन्। बस व्यवसायी विजय दास सडकको दूरावस्थाका कारण दैनिक साना-ठूला दुर्घटना हुने गरेका बताउँछन्। उक्त खण्ड तत्काल मर्मत तथा पुनःनिर्माण गरी आवागमन सहज बनाउन उनको आग्रह छ। 

Laxmi sunrise bank
kumari

राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत प्रविनले जीर्ण सडक मर्मतका लागि सहजीकरण गर्ने बताए। रासस

प्रकाशित: Sep 07, 2024| 17:01 शनिबार, भदौ २२, २०८१
प्रतिक्रिया दिनुहोस्