आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पदक विजेता पलेसालाई उद्योग वाणिज्य महासंघको तीन लाख पुरस्कार

पदक विजेता पलेसालाई उद्योग वाणिज्य महासंघको तीन लाख पुरस्कार

 |  शनिबार, भदौ २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २२, २०८१

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले पारा ओलम्पिकमा कांस्य पदक जितेकी पलेसा गोवर्धनलाई तीन लाख नगदसहित सम्मान गरेको छ। 

National life

महासंघले प्रशिक्षक कविराज नेगी लामालाई एक लाख २५ हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रको गौरव बढाउने खेलाडीलाई निजी क्षेत्रले प्रोत्साहनस्वरूप सहयोग र सम्मान गर्नुपर्ने बताएका छन्।

पेरिस पारा ओलम्पिककै इतिहासमा नेपाललाई पदक जिताउन सफल पलेसालाई अझ प्रेरणा र प्रोत्साहन दिनुपर्ने अध्यक्ष ढकालले बताए। ‘पलेसाजस्तो प्रतिभालाई हरेक निजी क्षेत्रका संस्थाहरूले सम्मान गर्नुपर्छ, जितले खेलकुद क्षेत्रमा र खेल क्षेत्रमा लाग्ने खेलाडीका लागि प्रेरणा मिल्नेछ,’ उनले भने। 

उनले प्रतिभाशाली खेलाडीलाई हरेक निजी क्षेत्रका संस्था र निजी क्षेत्रले सम्मान गर्नुपर्ने बताए। ‘नेपाल र नेपालीको शिर उँचो राख्नलाई पदक जित्ने काम गर्नुभयो, यसले खेल क्षेत्रमा लाग्ने खेलाडीका लागि प्रेरणा दिनेछ,’ उनले भने, ‘यस्ता किसिमका प्रतिभालाई प्रोत्साहन गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्दछु।’

पलेसाले ओलम्पिकको पहिलो पदक जित्न पाएकोमा खुसी लागेको बताइन्। ‘पदक जितेसँगै आफ्नो एउटा उद्देश्य पूरा भयो,’ उनले भनिन्।

Shivam cement

प्रकाशित: Sep 07, 2024| 08:13 शनिबार, भदौ २२, २०८१
प्रतिक्रिया दिनुहोस्