बिहीबार, भदौ ४, २०८३

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

 |  शुक्रबार, भदौ २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २१, २०८१

बरहथवा- यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक भारतीय नागरिकको शव फेला परेको छ। 

आज ब्रह्मपुरी गाउँपालिका–४ शेषटोल नजिकै झिमखोलामा डुबेको अवस्थामा भारतको सीतामढी जिल्ला ग्राम पञ्चायत सोनवर्षा–९ बस्ने ४८ वर्षीय इन्दल महतोको शव फेला परेको हो। महतोलाई खोलामा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
 
लगत्तै पुगेको सर्लाही जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थलको प्रकृति मुचुल्कापछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 06, 2024| 16:16 शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्