बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु

 |  शुक्रबार, भदौ २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २१, २०८१

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक पथप्रर्दशक (गाइड)को मृत्यु भएको छ भने विदेशी पर्यटकसहित दुईजना घाइते भएका छन्।

himalayan bank box

मधुवन नगरपालिका-१ स्थित वनमा वन्यजन्तु अवलोकन गर्ने क्रममा आज शुक्रबार बिहान एकसिङ्गे गैँडाले आक्रमण गरेको थियो।

आक्रमणबाट ठाकुरबाबा नगरपालिका-९ निवासी अन्दाजी ३५ वर्षीय ‘नेचर गाइड’ मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको मधुवन नगरपालिका-१ का वडाध्यक्ष मीन थापाले जानकारी दिए।

आक्रमणबाट अमेरिकी नागरिक अन्दाजी ५६ वर्षीय एमसी लेनडन शावन र सामुदायिक वनका चौकीदार ५८ वर्षीय खिन्चु चौधरी घाइते भएका छन्।

गैँडाले गाइडको पेटमा र विदेशी पर्यटकको पुठ्ठामा आक्रमण गरेको जनाइएको छ। घाइते पर्यटकको ठाकुरबाबा नगर अस्पताल भुरीगाउँमा उपचार भइरहेको छ। प्रहरीकानुसार उनको अवस्था मध्यम र चौकीदार चौधरीको अवस्था सामान्य रहेको छ।

Metro Mart
vianet

प्रकाशित: Sep 06, 2024| 15:31 शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्