बिहीबार, भदौ ४, २०८३

अमेरिकाको स्कुलमा गोली काण्ड, चार जनाको मृत्यु

 |  बिहीबार, भदौ २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २०, २०८१

अमेरिकाको जर्जियामा एक १४ वर्षीय बालकले गोली प्रहार गरी ४ जनाको हत्या गरेका छन्।

गोली प्रहारबाट मारिनेमा २ जना शिक्षक र दुई जना १४ वर्षका विद्यार्थी रहेको पुष्टि भएको छ। ९ जनालाई अस्पताल भर्ना गरिएको छ।

विन्डरस्थित अपलाची हाईस्कुलमा गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी नियन्त्रणमा रहेका छन्। जर्जिया ब्यूरो अफ इन्भेस्टिगेशनका निर्देशक क्रिस होसीले अपलाची हाई स्कूलमा सामूहिक गोलीकाण्डमा दोषी ठहरिएका १४ वर्षीय विद्यार्थी कोल्ट ग्रेलाई आज राति जेलमा राखिने बताएका छन्।

यो वर्ष भएको यो ४५ औँ स्कुल गोलीबारी हो। सीएनएन

प्रकाशित: Sep 05, 2024| 07:31 बिहीबार, भदौ २०, २०८१
प्रतिक्रिया दिनुहोस्