बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • महासंघको निर्वाचनमा गुटका आधारमा अन्याय नगरियोस्: सरोज अधिकारी 

महासंघको निर्वाचनमा गुटका आधारमा अन्याय नगरियोस्: सरोज अधिकारी 

 |  बुधबार, भदौ १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१

काठमाडौं- नेपाल प्रेस युनियनको संस्थापन इतर समूहले पत्रकार महासङ्घको आसन्न निर्वाचनमा अवसरहरुको न्यायोचित वितरण हुनुपर्ने निष्कर्ष निकालेको छ‌। 

National life

नेपाल प्रेस युनियनका पूर्व कोषाध्यक्ष सरोज अधिकारीको नेतृत्वमा संस्थापन इतर समूहको बुधबार भएको अन्तर्क्रियामा आसन्न पत्रकार महासङ्घ, सामुदायिक प्रसारक संघ (अकोराब), ब्रोडकास्टिङ एसोसिएसन नेपाल (बान) लगायतका निर्वाचनमा योग्यता र क्षमताका आधारमा उम्मेदवार बनाउनुपर्ने निष्कर्ष निकालेको हो। 

अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले हेटौडा महाधिवेशनमा भोट हालेको र नहालेको बहानामा राजनीतिक सौदाबाजी गर्ने र यसलाई अन्याय गर्ने विषय स्वीकार्य नहुने बताए। 

उनले भने, 'नेपाल प्रेस युनियनले विवेकपूर्ण निर्णय गर्नेछ भन्ने विश्वास हामीलाई छ। हेटौंडा महाधिवेशनको ह्याङ राखेर प्रेस युनियनका साथीहरुमाथि अन्याय गरिए स्वीकार्न सकिँदैन।' 
श्रमजीवी पत्रकारहरूलाई बाहिर राखेर नेपाल पत्रकार महासङ्घको सदस्यता सार्वजनिक गरिएमा निर्वाचनमा जान नसकिने समेत अधिकारीले बताए। 

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले महासंघको सदस्यमा पत्रकार छुट्न नहुने, महासंघमा गुटको आधारमा प्रेस युनियनको नेतृत्वले अन्याय गर्न नहुने, अवसरको समान वितरण गरिनुपर्ने, पत्रकारले भोगिरहेका समस्या समाधानमा युनियनले भूमिका खेल्नुपर्ने लगायतका विषयहरू उठाएका छन् । 

Laxmi sunrise bank
kumari

अन्तर्क्रिया कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य किरण गिरी, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समीरजंग शाह, पूर्व उपाध्यक्ष ईश्वरी ओझा, बानका महासचिव नवीन राई, वरिष्ठ पत्रकार उमिद बागचन्दलगायत सयभन्दा बढी प्रेस युनियनकर्मीहरूको सहभागिता रहेको थियो।

प्रकाशित: Sep 04, 2024| 18:18 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्