मंगलबार, असार १७, २०८२

पर्यटकीय गन्तव्यको खोजी गर्न पदमार्ग अभियान

 |  बुधबार, भदौ १९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१

vianetvianet

चौतारा- सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रका रुपमा चिनिएको ‘सुकुटे’ करिडोर वरपर रहेका पर्यटकीय गन्तव्य खोजबिन गर्न सिन्धु-सुकुटे पर्यटन व्यवसायी संघले पदमार्ग अभियान सुरु गरेको छ।

पर्यटन व्यवसायी संघ गठन भएको करिब दुई महिनापछि सुकुटे-ठोकर्पा पदमार्ग अभियान सञ्चालन गरिएको हो।

‘सुकुटे’लाई केन्द्र मानी त्यस आसपास रहेका पर्यटकीय स्थलमा सुकटे आउने पर्यटकलाई पुर्‍याउने उद्देश्यका साथ  पदमार्ग अभियानको सुरुवात गरिएको संघका अध्यक्ष महेन्द्रसिं थापाले जानकारी दिए। उनका अनुसार संघका पदाधिकारी, होटल तथा रिसोर्ट सञ्चालकसहितको  टोलीले सुकुटे, थामडाँडस्थित भ्यू टावरदेखि ठोकर्पा बाघभैरवसम्मको पैदलयात्रा सम्पन्न गरेको छ।

सुनकोशी गाउँपालिका-१ का वडाध्यक्ष कुमार शाहीका अनुसार उक्त पदमार्गले ठोकर्पास्थित सामुदायिक वन छिचोल्नुपर्छ।

अन्तर्राष्ट्रिय वन अध्ययन केन्द्र पदमार्ग सामुदायिक वन हुँँदै थामडाँडासम्म ६ सय मिटर ढुंगा कुँदेर पदमार्ग निर्माण गरिएको छ। बन्न बाँकी रहेको तीन किलोमिटर पदमार्ग सामुदायिक जंगल हुँदै भ्यु टावरसम्म चाँडै पूरा गर्ने वडाध्यक्ष शाहीले जानकारी दिए।

सुकुटेमा बास बसेर घुम्न आउने पर्यटकलाई ठोकर्पाको मिलडाँडा, बुद्धपार्क, भ्यु टावर हुँदै चमेरो गुफासम्म पुग्न सकिने सिन्धु-सुकुटे पर्यटन व्यवसायी संघका उपाध्यक्ष अञ्जान खड्का बताउँछन्।

त्यस्तै ठोकर्पामा रहेको सिन्धुपाल्चोक काभ्रे जोड्ने जिल्लाकै सबैभन्दा लामो झोलुंगे पुल, तित्रे महांकाल मन्दिर, बाघभैरव, भैँसेखोला, अक्करे भिरमा रहेको बोल्ने पहरो, जामुने पहरी बस्ती आदि सो क्षेत्रका पर्यटकीयस्थल हुन्। रासस

प्रकाशित: Sep 04, 2024| 21:31 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्