बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मापदण्डविपरीत खाद्य पदार्थ उत्पादन गर्ने उद्योग सञ्चालकलाई मुद्दा

मापदण्डविपरीत खाद्य पदार्थ उत्पादन गर्ने उद्योग सञ्चालकलाई मुद्दा

 |  बुधबार, भदौ १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१

जनकपुरधाम- खाद्यप्रविधि तथा गुण नियन्त्रण  कार्यालय जनकपुरधामले मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्डविपरीत खाद्यपदार्थ उत्पादन र बिक्रीवितरण गर्नेविरुद्ध मुद्दा दायर गरिएको छ। उक्त कार्यमा संलगन उद्योग सञ्चालकमाथि मुद्दा दायर गरिएको छ।

National life

कार्यालयले उद्योगको नमुना जाँच गर्दा गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गरेको जाँचको क्रममा फेला परेपछि गत आर्थिक वर्ष २०८०/८१ मा ती मुद्दा दायर गरेको हो।

मधेस प्रदेशको आठ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयअन्तर्गतका कार्यालयले विभिन्न उद्योगबाट उत्पादित सामग्रीको जाँच गर्दा गुणस्तरहीन खाद्यपदार्थ भेटिएपछि मुद्दा दायर गरिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत प्रवीण तिवारीले बताए। खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जलेश्वर, मलगङ्वा, वीरगञ्ज, जनकपुर तथा राजविराजस्थित डिभिजन कार्यालयले आ-आफना सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

अधिकृत तिवारीका अनुसार गत आर्थिक वर्षमा मधेस प्रदेशको आठ जिल्लाबाट तीन हजार पाँच सय ८७ खाद्यपदार्थको नमुना जाँच गर्दा ७४ वटा न्यून गुणस्तरीय पाइएका थिए। तीमध्ये ३१ वटाको मुद्दा दायर, १६ वटाको बयान सकिएको तथा अन्यको बयान लिन बाँकी रहेको छ। सो कार्यालयले उक्त अवधिमा खाध अनुज्ञापत्र  वितरण, नवीकरण र कारबाहीबापत २६ लाख ७७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।
 
कार्यालयअन्तर्गत मधेस प्रदेशमा चारवटा डिभिजन कार्यालय रहेका छन्। त्यहाँबाट बजारको अनुगमन तथा नमुना संकलन कार्य भइ खाद्यपदार्थको जाँच गर्ने र गराउने कार्य हुने गरेको प्रमुख तिवारीले बताए।

दूध तथा दुग्ध पदार्थ, तेल र तेलहन पदार्थ, फल तथा सागपात, मसला, चिया, कफी, नून, दाल, दलहन, प्रशोधित पिउने पानी, गुलियोपदार्थ, मासु, दानालगायतका खाद्यपदार्थको नमुना जाँच गरिएको कार्यालयले जनाएको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 04, 2024| 18:01 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्