आइतबार, असार १५, २०८२

बालेनको पोष्ट फेसबुकले हटाइदियो

 |  मंगलबार, भदौ १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १८, २०८१

vianetvianet

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको एउटा पोष्ट फेसबुकले हटाइदिएको छ। धेरै मानिसले रिपोर्ट गरेपछि मेटाले बालेनको पेजबाट स्टाटस हटाइदिएको हो।

धेरै मानिसले एकसाथ रिपोर्ट गरेपछि यस्तो भएको हो। मेयर शाहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटोसहितको स्ट्याटस राखेका थिए। एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए।

‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने? कि नसमाउने?,’ उनको स्ट्याटसमा उल्लेख थियो।

मेयर बालेनले उक्त स्ट्याटस माइक्रो ब्लगिङ साइट एक्समा पनि राखेका थिए। त्यहाँ भने अहिले पनि यो पोष्ट हेर्न सकिन्छ।

प्रकाशित: Sep 03, 2024| 11:41 मंगलबार, भदौ १८, २०८१
प्रतिक्रिया दिनुहोस्