बिहीबार, भदौ ४, २०८३

बारामा ६२ हजारभन्दा बढी हेक्टरमा खेती

 |  सोमबार, भदौ १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १७, २०८१

कलैया- बारामा ६९ हजार नौ सय ६३ हेक्टर जमिनमध्ये कुल ६२ हजार आठ सय २३ हेक्टर जमिनमा खेती हुने गरेको छ।

कृषि ज्ञान केन्द्र प्रमुख राजनारायण साहले खेती गरिएको जमिनमध्ये तराईतर्फ ६१ हजार आठ सय २८ हेक्टर र चुरे पहाडतर्फ नौ सय ९५ हेक्टरमा विभिन्न प्रकारका खेतीबाली हुने गरेको बताए।

कार्यालयका कृषि प्रचार अधिकृत रामजीवन ठाकुरले कृषियोग्य जमिनमध्ये तराईतर्फ छ हजार छ सय ८२ हेक्टर र चुरे पहाडतर्फ चार सय ५८ सहित सात हजार एकसय ४० हेक्टर जमिन बाँझो रहेको जानकारी दिए। रासस

प्रकाशित: Sep 02, 2024| 17:31 सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्