शुक्रबार, पुस ४, २०८२

सानिमा बैंक र सिजी मोबाइलबीच सम्झौता

 |  सोमबार, भदौ १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १७, २०८१

काठमाडौं- सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङ माध्यम प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न सिजी मोबाइल प्रालिसँग विशेष छुट सम्झौता गरेको छ।

National life

सम्झौतापछि बैंकको सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत सिजी मोबाइलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्ने ग्राहकले नथिङ तथा सीएमएफ ब्रान्डका मोबाइल फेन खरिदमा ७.४ प्रतिशतसम्म तथा ईबड तथा अन्य एसेसरिज खरिद गर्दा ९ प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।

क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी ईएमआई सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर उपलब्ध गराएर डिजिटल भुक्तानी प्रयोगमा प्रोत्साहन गर्दै आएको बताएको छ।

हाल बैंकले १३३ शाखा तथा १२४ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: Sep 02, 2024| 16:00 सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्