सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • फोटोनले नेपालसहित विश्वव्यापी रूपमा विभिन्न कार्यक्रम गर्दै मनायो २८औं वार्षिकोत्सव

फोटोनले नेपालसहित विश्वव्यापी रूपमा विभिन्न कार्यक्रम गर्दै मनायो २८औं वार्षिकोत्सव

 |  सोमबार, भदौ १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १७, २०८१

vianetvianet

काठमाडौं- विश्वको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता कम्पनी फोटोनले आफ्नो २८औँ वार्षिकोत्सव विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ। नेपालमा यो अवसरलाई एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नाडा अटो शोमा भव्य समारोहका साथ मनायो।

फोटोनले नेपाली बजारमा कुशल र भरपर्दो व्यावसायिक सवारीसाधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप उजागर गर्दै नाडा अटो शोमा आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको थियो। कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया, सीईओ तुषार गुप्तालगायत फोटोन नेपालका प्रमुख अधिकारीहरूको उपस्थिति थियो।

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल, फोटोन मोटर्सको आधिकारिक वितरक (चीनको नम्बर १ कमर्सियल भेहिकल निर्माता)ले हाईरुफ ईभी भ्यान, टुनल्यान्ड र टीएम वानजस्ता कुशल र भरपर्दा सवारीसाधनहरूको रेन्ज प्रदान गर्छ। फोटोनको उत्कृष्ट प्रमाणित ट्र्याक रेकर्ड र नयाँ टेक्नोलोजीहरूको प्रतिबद्धताले फोटोनलाई नेपाली बजारमा निरन्तर वृद्धि र सफलताका लागि थप स्थान दिनेछ ।

प्रकाशित: Sep 02, 2024| 15:55 सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्