काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ।
कम्पनीले हालसम्मको उपलब्धिबाट कम्पनीलाई थप कार्यका लागि ऊर्जा प्राप्त भएको छ र भविष्यमा अझै ठूलो जिम्मेवारी वहन गर्न थप प्रेरणा प्राप्त हुने अपेक्षा रहेको जनाएको छ।
कम्पनीले कर्मचारी तथा एडभाइजरसमेतको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालयमा बिमा जागरणसहितको प्रभातफेरी र अन्य शाखामा विभिन्न कार्यक्रम गरी सातौँ वार्षिकोत्सव भव्यतासाथ सम्पन्न गरिएको जनाएको छ।
दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगञ्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण, विभिन्न शाखाहरूद्वारा विद्यालयलाई शैक्षिक सामग्री तथा वृद्धाश्रममा खाद्य सामग्रीहरू वितरण तथा सरसफाइसमेत गरी वार्षिकोत्सव मनाएको कम्पनीले जनाएको छ।