शुक्रबार, पुस ४, २०८२

सर्पले टोक्दा कैलालीमा एक बालकको ज्यान गयो

 |  सोमबार, भदौ १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १७, २०८१

National life
Laxmi sunrise bank
kumari

कैलाली- कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बालक विकलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामासर्पले टोकी घाइते भएको र उपचारको क्रममा राति १ः ५० बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

त्यसैगरी गएराति नै सर्पले टोकेर कैलालीको गोदावरी नगपालिका– ६ लालपुरका अन्दाजी ३३ वर्षीय सागर विष्ट घाइते भएका छन्। विष्टलाई निजकै किराना पसलको घर आगनमा दाँहिने खुट्टामा सर्पले टोकी घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। उनलाई कुन सर्पले टोकेको हो भन्ने जानकारी नएको र घाइते विष्टको अवस्था मध्यम रहेको जनाइएको छ।

प्रकाशित: Sep 02, 2024| 15:44 सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्