शनिबार, जेठ १६, २०८३

१२७ अंकले बढ्यो नेप्से

 |  सोमबार, भदौ १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १७, २०८१
National life
Shivam cement

काठमाडौं- केही दिन अघिसम्म उच्च गिरावट देखिएको सेयर बजार सोमबार भने १२७ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २८२३ अंकमा कायम भएको छ।

आजको कारोबार रकम १३ अर्ब १० करोडको भएको छ। कारोबार सुरु भएको २३ मिनेटमा नेप्से २६७९ अंकसम्म झरेको थियो, जुन आजका लागि न्यूनतम अंक रह्यो।

सबै क्षेत्रका सूचक बढेका छन्। सबैभन्दा धेरै फाइनान्स समूहको सूचक बढ्यो। बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९, उत्पादन ३.३३, माइक्रोफाइनान्स ३.३३, निर्जीवन बीमा ४.८१, अन्य ४.१४ तथा व्यापार समूह २.८५ प्रतिशत बढे। २३९ कम्पनीको मूल्य बढ्दा ५ को भने घटेको छ । सोमबार करिब एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ।

प्रकाशित: Sep 02, 2024| 15:17 सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्