बिहीबार, असोज २, २०८२

अगष्टमा आए ७२ हजार ७१९ विदेशी पर्यटक

 |  सोमबार, भदौ १७, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १७, २०८१

vianetvianet

काठमाडौं- सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ।

Kumaribank

नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन्।

सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन्। अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलंकाबाट चार हजार ८५१ र बंगलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन्।

बोर्डका अनुसार सन् २०२२ को अगष्टमा ४१ हजार तीन सय चार, सन् २०२१ को अगष्टमा छ हजार ९३ र सन् २०१९ को अगष्टमा ९४ हजार सात सय ४९ जना विदेशी पर्यटक नेपाल आएका थिए।

 

Metro Mart

प्रकाशित: Sep 02, 2024| 12:40 सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्