शनिबार, जेठ १६, २०८३

कुमारी बैंक र श्री एयरलाइन्सबीच छुट सम्झौता

 |  आइतबार, भदौ १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १६, २०८१
National life
Shivam cement

काठमाडौं- कुमारी बैंक र श्री एयरलाइन्सबीच कुमारी बैंकका ग्राहक र उनीहरूका परिवार सदस्यलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरबाट कुमारी बैंकका ग्राहक र उनीहरूका परिवारका सदस्य (बुवा, आमा, श्रीमती र छोरा÷छोरी)का लागि टिकट खरिद गरी बैंकको डेबिट÷क्रेडिट कार्ड, मोवाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा ५०० छुट प्राप्त गर्नेछन्। यस सुविधाबाट सेवाग्राहीले गुणस्तरिय सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ।

कुमारी बैंकले ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: Sep 01, 2024| 16:29 आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्