शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • 'बोहनी' अब फोनपे क्युआरबाटै, भाग्यशाली व्यवसायीले इभीको स्कुटर जित्ने

'बोहनी' अब फोनपे क्युआरबाटै, भाग्यशाली व्यवसायीले इभीको स्कुटर जित्ने

 |  आइतबार, भदौ १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १६, २०८१

काठमाडौं- फोनपेले  'बोहनी क्युआरबाटै' भन्ने पहलको सुरूवात गरेको छ। व्यवसायको पहिलो भुक्तानी,जसलाई चलन चल्तीको भाषामा बोहनी भनिन्छ। यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्ने कम्पनीको भनाइ छ।

National life

फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा, व्यवसायीहरूले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुको साथ-साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न सकिने कम्पनीको भनाइ छ।

अभियानमा सहभागी हुन,व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग-इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ र अभियान अवधिमा फोनपे क्युआरमार्फत् भुक्तानी लिएको हुनुपर्नेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली व्यवसायीले  नयाँ इभी स्कुटर जित्न सक्नेछन्।

फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले भने,' यस पहलको आशय भनेको हाम्रो व्यवसायीहरूलाई डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यवसायिक कार्यहरूमा समाहित गर्न अझ बढि प्रोत्साहन गर्नु हो। हामी व्यवसायीहरूलाई पारम्परिक बोहनी,नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्युआर अपनाउन प्रोत्साहित गर्दछौं,जसबाट व्यवसायहरूले अझ बढी सुविधा, न्युनतम  जोखिम र उच्च व्यवसायिक दक्षताको अनुभव गर्न सक्नेछन्।'

फोनपे, नेपाल राष्ट्र बैंक (नेपाल राष्ट्र बैंक) द्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो।  फोनपेले बैंक तथा वालेटका ग्राहकहरूका साथै व्यवसायहरूलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरू दिँदै नगदरहित अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्रिय प्रयासहरू गर्दै आएको छ । फोनपे,भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन,सञ्चालनमा थप दक्षता हाँसिल गर्दै प्रविधिको प्रयोगमार्फत मोबाइल भुक्तानी नेटवर्कमा नयाँ आविष्कारहरू ल्याउनमा केन्द्रित छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 01, 2024| 16:27 आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्