काठमाडौं- यही १२ भदौमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलसँग भेटघाट गरेको छ । भेटघाटमा अटोमोबाइल क्षेत्रका विभिन्न समस्याहरूका बारेमा छलफल भएको नाडाले जनाएको छ । गरेको छ ।
यसै क्रममा सियामका सहसभापति यसपाल साँच्चरको नेतृत्वमा काठमाडौं आइपुगेको सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम)को २५ सदस्यीय प्रतिनिधिमण्डलले उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग भेट गरेको छ । भेटमा नेपालमा अटोमोबाइल उद्योग तथा व्यवसायको सन्दर्भमा संयुक्त लगानी गर्नेलगायतका विभिन्न विषयहरूमा छलफल भएको सियामले जनाएको छ ।
नाडा र सियामको सो संयुक्त प्रतिनिधिमण्डलले सोही दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग पनि भेट गरेको छ । सो भेटमा पनि सोही विषयमा सार्थक छलफल भएको सियामले जनाएको छ ।
प्रतिनिधिमण्डलमा धेरैजसो ठुलाठुला ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चर्रस (ओईएम)को उपस्थितिसहित अटो उद्योगका सबै खण्डहरू (जस्तै यात्रुवाहक सवारी, व्यावसायिक सवारी र दुईपाङ्ग्रे सवारी साधन) को सहभागिता थियो । सो अवसरमा प्रतिनिधिमण्डलले भारत र नेपालको अटो उद्योगमा भइरहेको विकासक्रम र दुई देशबीचकोनिरन्तर सहयोग महत्त्वका बारेमा छलफल भएको थियो । सियाम र नाडाले अटो उद्योगका लागि भविष्यको पहल, प्रविधि शृङ्खला र तालिमका लागि संयुक्त रूपमा सहकार्य गर्ने सहमति पनि गरेका छन् ।
छलफलम सियामले नाडासँग मिलेर नेपाल सरकारलाई अटोक्षेत्रका लागि भिजन योजना विकास गर्न अनुरोध गरेको थियो, जसले सबै सरोकारवालाहरू जस्तै; डिलर, उद्योग, कम्पोनेन्ट बिक्रेता इत्यादिलाई सरकारको दुरदृष्टिअनुरूप आफ्नो व्यवसायको योजना बनाउन सक्षम बनाउनेछ । नेपालमा सवारीसाधन दर्ता, संकलन र रिपोर्टिङका लागि बलियो योजनाको विकास गर्ने, सीप अभिवृद्धि र चालक तालिमका लागि संयक्त कार्यक्रमहरू सिर्जना गर्ने, सम्भावनाको खोजी गर्नेजस्ता विषयहरूमाथि छलफल भएको थियो ।
नाडा र सियाम दुवैले बंगलादेश र श्रीलंकासँग सन् २०२४ मा गठन भएको साउथ एसियन अटोमोटिभ फोरम (एसएएएफ) लाई सुदृढ गर्दै भारत र नेपालको अटो क्षेत्रबीचको सम्बन्ध निर्माणमा नजिकबाट काम गर्ने सहमति भएको छ ।
नाडाले यस्तो भेटघाटबाट नेपाल–भारतबीचको जनस्तरको सम्बन्धसमेत थप सुदृढ हुने र निकट भविष्यमै केही परिणामसमेत आउने अपेक्षा राखेको छ । उक्त प्रनिधिमण्डलमा नाडाको तर्फबाट उपाध्यक्षद्वय राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ, नाडाका सचिव विक्रम सिंहानियाँ, नाडाका केन्द्रीय कार्यसमिति सदस्य निशान ढकाल, नाडाका एसोसिएसन सचिव सुरेन्द्र प्रधान र तालिम कोअर्डिनेटर आरजु श्रेष्ठलगायतको उपस्थिति थियो ।