आइतबार, असार १५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पूर्वीनाकाबाट १४ करोड ९३ लाख रुपैयाँ बराबरको खुदो बंगलादेश निर्यात

पूर्वीनाकाबाट १४ करोड ९३ लाख रुपैयाँ बराबरको खुदो बंगलादेश निर्यात

 |  आइतबार, भदौ १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १६, २०८१

vianetvianet

झापा- पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९३ लाख ६९ हजार रुपैयाँ बराबरको मोलास्सेस (खुदो) बंगलादेश निर्यात भएको छ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बंगलादेश निर्यात भएको हो।

चालु आव २०८१/८२ को भदौ दोस्रो सातासम्म तीन हजार पाँच सय ५५ दशमलव ६ मेट्रिक टन अर्थात् पाँच करोड ३१ लाख ९७ हजार बराबरको खुदो बंगलादेश निर्यात भएको थियो। 

भारतले बंगलादेशमा खुदो  निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवं क्लियरिङ एजेन्ट नवीन दाहाल बताउँछन्। 

भारतबाट मात्रै निर्यात भइरहेको खुदोमा भारी मात्रामा कर लगाउँदा आगामी दिनमा नेपालबाट खुदो बंगलादेश निर्यात हुने क्रम बढ्ने उनी बताउँछन्। आगामी कात्तिक/मङ्सिरदेखि उखु पेल्न सुरु भएसँगै ठूलो मात्रामा खुदो बंगलादेश निर्यात हुने व्यावसायी दाहालको भनाइ छ। 

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख पाण्डेका अनुसार नेपालको पूर्वीनाका काँकडभिट्टाबाट भारतको पश्चिम बंगालको फूलबारी, बंगलादेशको उत्तरीनाका बंगलाबन्ध हुँदै बंगलादेशसँग व्यापार हुँदै आएको छ। रासस

प्रकाशित: Sep 01, 2024| 22:01 आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्