आइतबार, असार १५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु निर्यात

साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु निर्यात

 |  आइतबार, भदौ १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १६, २०८१

vianetvianet

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा दुई अर्ब ६५ करोड ६६ लाख आठ हजार रूपैयाँ मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको छ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयबाट हुने निर्यात सात दशमलव १६ प्रतिशतले अर्थात १७ करोड ७५ लाख एक हजारले बढेको बताए। गत आवको साउनमा दुई अर्ब ४७ करोड ९१ लाख ६७ हजार रूपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको थियो। 

कार्यालयका अनुसार सो अवधिमा विशेष गरी जुस जाम, फलामे पाता, जमोठ कपडा, पिना, सेन्थेटिक यार्न, मनोरञ्जनका सामानहरु, बत्तिसा, त्रिफला, कवाज, च्यवनप्राश, कुकुर तथा विरालोको खाना, तयारी कपडा, रेसाको कपडा, कार्पेट र गलैँचालगायत निर्यात भएको छ।

कार्यालयका अनुसार गत साउनमा ४९ लाख ४८ हजार आठ सय १८ लिटर जुस जाम निर्यात हुँदा ४८ करोड नौ हजार रूपैयाँ विदेशी मुद्रा भित्रिएको छ। जबकी गएको आवको सोही अवधिमा ५३ लाख २७ हजार आठ सय ६७ लिटर जुस जाम निर्यातबाट ५१ करोड ४१ लाख २२ हजार रूपैयाँ विदेशी मुद्रा आर्जन भएको थियो।

गत साउनमा नाका हुँदै २९ लाख ७७ हजार नौ सय १० किलोग्राम फलामे पाता निर्यात हुँदा ३७ करोड ३९ लाख ९१ हजार रूपैयाँ विदेशी मुद्रा आर्जन भएको छ। गत आवको सोही अवधिमा ३३ लाख ७७ हजार चार सय २० किलोग्राम फलामे पाता निर्यात हुँदा ४४ करोड ४५ लाख ८२ हजार रूपैयाँ विदेशी मुद्रा आर्जन भएको थियो। 

कार्यालयका अनुसार गत साउनमा जमोठ कपडा ८० हजार दुई सय ६७ किलोग्राम निर्यात हुँदा १६ करोड २२ लाख ६० हजार विदेशी मुद्रा आएको छ। गत आवको सोही अवधिमा एक लाख १२ हजार एक सय ४९ किलोग्राम जमोठ कपडा निर्यात गर्दा १९ करोड ४३ लाख २३ हजार रूपैयाँ विदेशी मुद्रा प्राप्त भएको थियो। रासस

प्रकाशित: Sep 01, 2024| 20:01 आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्