शुक्रबार, पुस ४, २०८२

नाडा अटो शोको चार दिनमा पन्च ईभीको ३२८ बुकिङ

 |  आइतबार, भदौ १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १६, २०८१

काठमाडौं- नाडा अटो शो २०२४ को पहिलो दिनमै सयभन्दा बढी बुकिङ लिएर बिक्री सुरु भएको पन्च ईभी चार दिनमा ३२८ वटा बुकिङ भएको छ।

National life

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका अनुसार टाटा पन्च ईभीको सुरुवाती मूल्य रु. ३३ लाख ९९ हजार रहेको छ।

सुरुवाती भेरियन्टमा पनि ग्राहकले सनरुफको आनन्द लिन सक्छन्। यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ। साथै नाडामा गाडी किन्ने ग्राहकलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको पनि घोषणा गरेको छ।

पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको  पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ।  १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन्। यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ। नेपालको विभिन्न भुभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्नेछ। पन्च इभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ।

टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर बालाजी राजनले भने, “नेपाली बजारमा टियागो इभी र नेक्सन इभीको  सफलता पछि पन्च इभी सार्वजनिक गर्न पाउँदा हामीले अत्यन्त खुसी छौं। भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ। र हामी पन्च इभीले धेरै भन्दा धेरै नेपाली ग्राहकहरुको पनि मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छौं।

Laxmi sunrise bank
kumari

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने,  “टाटा मोटर्ससँगको व्यापारिक  साझेदारीमा पन्च इभी नेपालमा सार्वजनिक गर्न पाउँदा हामी हर्षित अनि उत्साहित छौं। लामो समय देखि नेपाली बिद्युतीय गाडीको बजारमा नेतृत्वदायी  भूमिका निर्वाह गरेको सिप्रदीले पन्च इभी संगै नेपाली बजारमा फेरी यहि स्थान कायम गर्नेमा हामी विस्वस्त छौं। अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयुभी – पन्च इभीले हाम्रो ग्राहकहरुलाई  वातावारणमैत्री, आरामदायी र सुरक्षित  यात्राको अनुभुति पाउनु हुनेछ।”  

नेपालभरी टाटा इभी गाडीका लागि २६ डिसी  फास्ट चार्जिङ स्टेशन, १५०+ एसी फास्ट चार्जिङ, १५०+ एसी स्लो चार्जिङ नेटवर्क छ। यसैगरि १६ इभि डेडिकेटेड सेवा सञ्जाल, र २२ बटा बिक्री केन्द्र रहेका छन्।

प्रकाशित: Sep 01, 2024| 12:23 आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्